Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कस्तो रहला आज देशभरको मौसम ?

कस्तो रहला आज देशभरको मौसम ?

  • आइतवार, बैशाख ३१ २०८०

  • 568
    SHARES

  • कस्तो रहला आज देशभरको मौसम ?
    काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा  स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। 
     
    हाल देशका पहाडी भू—भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू—भागमा मौसम सामान्यतया सफा रहेको छ। गण्डकी तथा कर्णाली प्रदेशका एक—दुई स्थानमा हल्का वर्षा भइरहेको विभागले जनाएको छ।
     
    विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार(आज) दिउँसो देशको पहाडी भू—भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू—भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया  सफा रहनेछ। देशका पहाडी भू—भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित क्षणिक वा हल्का  वर्षाको  सम्भावना रहेको महाशाखाले जनाएको छ।
     
    आज राति देशको पहाडी भू—भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू—भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया  सफा रहनेछ। कोशी प्रदेश तथा गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
     
    बंगालको खाडीमा विकसित भइरहेको  ‘मोखा’ नामक चक्रवात हाल अति शक्तिशाली चक्रवातमा परिणत भएको छ। उक्त चक्रवात उत्तर—उत्तर—पूर्व दिशातर्फ उन्मुख हुँदै बंगलादेश तथा म्यानमारको तटीय क्षेत्रमा बढिरहेको हुनाले नेपालमा यसको उल्लेखनीय प्रभाव नरहने देखिएको विभागले जनाएको छ। 


    आइतवार, बैशाख ३१ २०८००६:३४:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij