काठमाडौं । एजिङ नेपालका अध्यक्ष एवं वरिष्ठ हाँस्यव्यंग्यकार कृष्णमुरारी गौतम (चट्याङ मास्टर)ले चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनलाई एक लाख रुपैयाँ प्रदान गर्नुभएको छ ।
प्रतिष्ठानले जेष्ठ नागरिकलाई लक्षितगरी सञ्चालन गरेको बुढ्यौली साहित्यिक कार्यक्रमबाट प्रभावित भइ उहाँले अध्यक्ष धड्कनलाई एक लाख रुपैयाँ सहयोग प्रदान गर्नुभएको हो ।
अध्यक्ष धड्कनले चट्याङ मास्टरको दुरदर्शी भावना र अपार मुल्यांकनप्रति कृतज्ञता व्यक्त गर्दै उक्त रकमबाट अक्षय कोष खडा गर्ने बताउनुभयो । सो रकम बुढ्यौली साहित्यको विकासमा मात्र खर्च गर्ने प्रतिवद्धतासमेत उहाँले व्यक्त गर्नुभएको छ ।
चन्द्रागिरि साहित्य प्रतिष्ठानले विभिन्न साहित्यिक विधाका कार्यक्रमहरु गर्ने गर्छ ।