Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

जेठ १ गतेदेखि मेलम्चीको पानी वितरण रोकिने

जेठ १ गतेदेखि मेलम्चीको पानी वितरण रोकिने

  • शनिवार, बैशाख ३० २०८०

  • 571
    SHARES

  • जेठ १ गतेदेखि मेलम्चीको पानी वितरण रोकिने
    काठमाडौं । आगामी जेठ १ गतेदेखि मेलम्चीको पानी वितरण रोकिने भएको छ । केही ठाउँमा मर्मत गर्नुपर्ने भएकोले मेलम्चीको पानी केही समय रोकिने भएको हो ।
     
    हेलम्बु–१ स्थित आयोजनाको मुहान तथा हेडवर्क्समा केही उपकरण जडान तथा मर्मत–सम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि पानी वितरण बन्द हुने मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिनुभयो ।
     
    सामान्य बाढी आएको बेला आयोजना सञ्चालनमा नै राख्ने गरी अहिले उपकरण जडान तथा मर्मत–सम्भार गर्न लागिएको उहाँले जानकारी दिनुभयो । मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरण हुँदै आएको छ ।
     
     


    शनिवार, बैशाख ३० २०८००९:२५:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij