Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बालकृष्ण खाँडलाई निलम्बन नगर्नु दुर्भाग्यपूर्ण : नेता कँडेल

बालकृष्ण खाँडलाई निलम्बन नगर्नु दुर्भाग्यपूर्ण : नेता कँडेल

  • बिहिवार, बैशाख २८ २०८०

  • 759
    SHARES

  • बालकृष्ण खाँडलाई निलम्बन नगर्नु दुर्भाग्यपूर्ण : नेता कँडेल
    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कँडेलले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न पार्टीका नेता–कार्यकर्तालाई कानुनी कठघरामा उभ्याउनुपर्ने औंल्याउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै नेता कँडेलले भन्नुभयो, ‘यो देशकै मान प्रतिष्ठामा आँच पुर्‍याउने काण्ड हो । यसलाई अन्तर्राष्ट्रिय समुदायले समेत गम्भीरतापूर्वक हेरेको अवस्था छ । केही गलत व्यक्तिहरूका कारण मुलुकको अस्मितामाथि नै प्रश्नचिह्न उठेको छ । यसमा सलंग्न पार्टीका कोही प्रभावशाली व्यक्ति वा उसको नातापातालाई कुनै पनि बहानामा उन्मुक्ति दिनुहुँदैन । त्यस्ता व्यक्तिलाई कारबाही गर्न खुट्टा कमाउने हो भने कांग्रेस सिद्धिन्छ । अब हामीले व्यक्तिलाई होइन, पार्टीलाई बचाउने हो,।

    नेपाली कांग्रेसको केन्द्रीय सदस्य हुँ भन्दैमा आफू गलत कामको ढाकछोपमा नलाग्ने उहाँले बताउनुभयो । पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँडलाई पार्टीको केन्द्रीय सदस्यबाट निलम्बन नगर्नु दुर्भाग्यपूर्ण भएको पनि कँडेलले बताउनुभयो । उहाँले खाँडलाई तत्काल पदबाट हटाउनुपर्ने औंल्याउनुभयो ।


    बिहिवार, बैशाख २८ २०८००९:४९:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij