Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

मिटर ब्याजीलाई कारबाही गर्ने अध्यादेश स्वीकृत

मिटर ब्याजीलाई कारबाही गर्ने अध्यादेश स्वीकृत

  • बुधवार, बैशाख २७ २०८०

  • 586
    SHARES

  • मिटर ब्याजीलाई कारबाही गर्ने अध्यादेश स्वीकृत
    काठमाडौं । प्रतिनिधिसभाबाट ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ सर्वसम्मत रुपमा स्वीकृत भएको छ ।
     
    सभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङका तर्फबाट अर्थमन्त्री डा. प्रकाशशरण महतले सो अध्यादेशलाई स्वीकृत गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
     
    बैठकमा सभामुख देवराज घिमिरेले सो अध्यादेशलाई अस्वीकार गरियोस् भन्ने सूचना प्राप्त नभएको ब्यहोरा जानकारी गराउनुभएको थियो।
     
    यही वैशाख २४ गतेको बैठकमा कानूनमन्त्री गुरुङले सो अध्यादेश प्रतिनिधिसभामा पेस गर्नुभएको थियो । उक्त अध्यादेश यही वैशाख २० गते राष्ट्रपति रामचन्द्र पौडेलबाट जारी भएको थियो । 
     
    सरकारले मिटरब्याज पीडितको समस्या सम्बोधन गर्ने गरी अध्यादेशमार्फत कानुन संशोधन गर्ने निर्णय गरेको थियो ।


    बुधवार, बैशाख २७ २०८००७:३६:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij