Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

यौन दुर्व्यवहारको मुद्दामा डोनाल्ड ट्रम्प दोषी ठहर

यौन दुर्व्यवहारको मुद्दामा डोनाल्ड ट्रम्प दोषी ठहर

  • बुधवार, बैशाख २७ २०८०

  • 503
    SHARES

  • यौन दुर्व्यवहारको मुद्दामा डोनाल्ड ट्रम्प दोषी ठहर

    काठमाडौं।अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहार सम्बन्धी एक मुद्दामा दोषी ठहरिएका छन् ।उनलाई न्युयोर्कको सिभिल कोर्टले यौन दुर्व्यवहारमा दोषी ठहर्याउँदै पीडितलाई क्षतिपूर्ति वाफत ५० लाख डलर दिनुपर्ने फैसला सुनाएको हो ।

    एक म्यागेजिनकी लेखिका ई.जीन केरलले सन् १९९० मा ट्रम्पले आफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्। साथै उनले आफ्नो मानहानी समेत गरेको आरोप ट्रम्पमाथि लगाएकी थिइन् । सोही मुद्दामा ट्रम्पलाई दोषी ठहर्याएको बीबीसीले जनाएको छ ।

    ट्रम्पले एक डिपार्टमेन्टल स्टोरको ड्रेसिङ रुममा आफूलाई बलात्कार गरेको भन्ने केरलको आरोपमा भने अदालतले दोषी ठहर्याएको छैन।यो फैसलाले आगामी राष्ट्रपति चुनावमा प्रतिस्पर्धा गर्ने ट्रम्पको योजनामा झड्का लागेको छ।

    ट्रम्पले सामाजिक सन्जालमार्फत् प्रतिक्रिया सार्वजनिक गर्दै अदालतको फैसला अपमानजनक भएको बताएका छन्। उनले ती महिलालाई आफूले नचिन्ने समेत उल्लेख गरेका छन्। लेखिका केरलले सन् १९१९ मा प्रकाशित गरेको एक पुस्तकमा ट्रम्पले आफूलाई गरेका दुर्व्यवहारबारे उल्लेख गरेकी थिइन्।

    यो फैसलाविरुद्ध अपिल गर्ने ट्रम्पको योजना रहेको बीबीसीले जनाएको छ। पोर्न स्टार स्टोर्मी डेनिल्सलाई पैसा दिएर दबावमा राखेको अभियोगमा ट्रम्पले फौजदारी मुद्दा पनि खेपिरहेका छन्। सो मुद्दाको सुनुवाइ डिसेम्बर ४ मा हुँदै छ ।


    बुधवार, बैशाख २७ २०८००७:००:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij