Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नक्कली भुटानी शरणार्थी प्रकरण दबाउनु देशका लागि गद्दारी हो : रावल

नक्कली भुटानी शरणार्थी प्रकरण दबाउनु देशका लागि गद्दारी हो : रावल

  • मंगलवार, बैशाख २६ २०८०

  • 632
    SHARES

  • नक्कली भुटानी शरणार्थी प्रकरण दबाउनु देशका लागि गद्दारी हो : रावल

    काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले नक्कली भुटानी शरणार्थी प्रकरणलाई दबाउनुे देशका लागि ठूलो गद्दारी भएको बताउनु भएको छ।

    आज काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले पछिल्लो समय भूटानी शरणार्थी प्रकरण दबाउने प्रयास भइरहेको भन्दै मुद्दा कमजोर बनाउने कुचेष्टा नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चेतावनी दिनुभयो।

    उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीलाई भन्न चाहन्छु, तपाईहरुलाई देशको माया छ भने अपराधलाई बचाउने, मुद्दालाई कमजोर बनाउने काम गर्नुभयो भने यो देशका लागि ठूलो गद्दारी हुनेछ ।’

    नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने काम ठगी मात्रै नभइ मानव बेचबिखन र राष्ट्र विरोधी कुकृत्य भएको रावलले बताउनुभयो।


    मंगलवार, बैशाख २६ २०८००६:५९:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij