Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

‘अर्थतन्त्र अब झारफुकले चल्दैन, सर्जरी नै गर्नुपर्छ’: स्वर्णिम वाग्ले

‘अर्थतन्त्र अब झारफुकले चल्दैन, सर्जरी नै गर्नुपर्छ’: स्वर्णिम वाग्ले

  • सोमवार, बैशाख २५ २०८०

  • 588
    SHARES

  • ‘अर्थतन्त्र अब झारफुकले चल्दैन, सर्जरी नै गर्नुपर्छ’: स्वर्णिम वाग्ले

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् डा. स्वर्णिम वाग्लेले सरकारले प्रस्तुत गरेको विनियोजन विधेयकलाई यथास्थितिवादी निबन्धको संज्ञा दिनु भएको छ। अहिले जारी संसद्मा बोल्दै सांसद् वाग्लेले अर्थतन्त्रले लय गुमाइरहेको बेला आर्थिक वृद्धिको विषय उठ्नु उपयुक्त नभएको बताउनु भएको हो।

    वाग्लेले भन्नुभयो,‘अर्थमन्त्री भन्नुहुन्छ,आर्थिक वृद्धि गराइदिन्छु,सुशासन दिन्छु,संघीयताको सबलीकरण गर्छु,सामाजिक न्याय दिन्छु, निजी क्षेत्रको साथ लिएर अघि बढ्छु। त्यही पनि किन खल्लो छ,आजको माहोल? किन हामी उत्साहहीन कर्मकाण्डमा सामेल भइरहेको जस्तो अनुभूति भइरहेको छ? यो यथास्थितिवादी निबन्धले सम्पूर्ण निति,योजना,बजेट निर्माण र शासकीय प्रक्रिया नै अविश्वसनीय भइरहँदा सच्चिने,सुधार्ने बाटो हामी खोजिरहेका छैनौं।’

    उहाँले कर्जा, लगानीबीच ठूलो भ्वाङ रहेको बताउनु भयो। अर्थतन्त्रले सर्जरी खोजको भन्दै झारफुकले मात्रै नपुग्ने वाग्लेको भनाई छ। वाग्लेले भन्नुभयो, ‘छोटो छोटो समयमा ठूलो ठूलो प्रगति गर्नुछ। विकासका लागि वित्त तलमाथि परिरहेको छ। अनुदानहरू सुकिरहेको छ। यी कुराहरू झल्किउन् भन्ने हो। नीतिगत भ्रष्टाचार र आर्थिक कुशासनलाई हल गर्ने खालको बजेट अहिलेको आवश्यकता छ।’


    सोमवार, बैशाख २५ २०८००३:२६:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij