Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

बजेट अधिवेशनको पूर्वसन्ध्यामा सांसदहरुबीच आरोपप्रत्यारोप शुरु, ३३ वर्षदेखि यताका भ्रष्ट्राचारका फाइल खोल्नुपर्ने तर्क(खासखबर)

बजेट अधिवेशनको पूर्वसन्ध्यामा सांसदहरुबीच आरोपप्रत्यारोप शुरु, ३३ वर्षदेखि यताका भ्रष्ट्राचारका फाइल खोल्नुपर्ने तर्क(खासखबर)

  • आइतवार, बैशाख २४ २०८०

  • 451
    SHARES

  • बजेट अधिवेशनको पूर्वसन्ध्यामा सांसदहरुबीच आरोपप्रत्यारोप शुरु, ३३ वर्षदेखि यताका भ्रष्ट्राचारका फाइल खोल्नुपर्ने तर्क(खासखबर)

    काठमाडौं। बजेट अधिवेशनको पूर्वसन्ध्यामा संसदमा सांसदहरुबीच आरोपप्रत्यारोप शुरु भएको छ । आइतबारको बैठकमा एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले अहिलेसम्म भएका सबै भ्रष्टाचार र अनियमितताको छानबिन गर्नुपर्ने बताएपछि दोहोरी शुरु भएको हो । उहाँले नेकपा एमाले जुनसुकै क्षेत्रमा भएको भ्रष्टाचार र अनियमितताको छानबिन गर्न तयार रहेको बताउनुभएको थियो ।

    एमालेका अर्का सांसद सूर्य थापाले दोषीलाई नछाड्न र निर्दोषलाई फसाउने काम नगर्न खबरदारी गर्नुभयो । प्रधानमन्त्रीले मलाई दबाव छ भनेको भन्दै थापाले कसले दबाव दिएको हो संसदलाई जानकारी दिन माग गर्नुभयो ।

    यसैबीच, प्रमुख प्रतिपक्ष दल भ्रष्टाचारीलाई कारबाही गर्नका लागि इमानदार हो भने आरोप लागेका व्यक्तिलाई कानुनको दायरामा ल्याउन सहयोग गर्नुपर्ने माओवादी केन्द्रका सांसद माधव सापकोटाको भनाइ थियो । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले नेपाल भ्रष्टाचारका कारण अगाडि बढ्न नसकेको बताउनुभएको छ ।

    त्यस्तै रास्वपाका सांसद हरि ढकालले हालसम्म भएको सबै भ्रष्ट्राचारका काण्डहरुलाई आयोग गठन गरेर छानबिन गर्नुपर्ने बताउनुभयो। राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले नेपाली नागरिकलाई शरणार्थी हुन बाध्य पार्ने सबै कानूनको दायरामा आउनुपर्ने बताउनुभयो ।

    कांग्रेस सांसद रामहरि खतिवडा पनि भुटानी शरणार्थी प्रकरणमा जोडिएका विषय बाहिरिएका छन् । आजको संसदमा खतिवडाले सोही विषयलाई चिर्दै गलत गरेको भए कारबाही भोग्ने बताउनुभयो ।आजको संसदमा एकअर्काको पोल खोलाखोल भएको छ । यसलाई आयोग गठन गरेर सहज रुपमा निरुपण गर्न सकिए देशले न्याय पाउने थियो की ?


    आइतवार, बैशाख २४ २०८००८:०८:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij