Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

भोलीदेखि तीन दिन संसदमा बजेट तयारीबारे छलफल हुने

भोलीदेखि तीन दिन संसदमा बजेट तयारीबारे छलफल हुने

  • आइतवार, बैशाख २४ २०८०

  • 348
    SHARES

  • भोलीदेखि तीन दिन संसदमा बजेट तयारीबारे छलफल हुने

    काठमाडौं। वैशाख २५ देखि २७ गतेसम्म बजेट तयारी (प्रि(बजेट)बारे प्रतिनिधि सभामा छलफल हुने भएको छ।आज बसेको संसदको कार्यव्यवस्था परामर्श समितिको बैठकमा वैशाख २५ अर्थात भोलीदेखि २७ गतेसम्म प्रि बजेटमाथि बिहान ११ देखि बेलुका ५ बजेसम्म छलफल गर्ने र २७ गते अर्थमन्त्रीले जवाफ दिने कार्यतालिका तय भएको हो ।

    कांग्रेसका सांसद रामहरि खतिवडाले दिएको जानकारीअनुसार यो बाहेक परामर्श समितिको बैठकमा सदनलाई प्रभावकारी बनाउन अनिवार्य रूपमा महिनाको एक पटक प्रधानमन्त्रीले संसदमा सांसदहरुले उठाएका विषयको जवाफ दिनुपर्नेबारेमा समेत छलफल भएको छ।

    अर्थमन्त्रीले प्रिबजेटमाथि उठेका प्रश्नको जवाफपछि सरकारको नीति तथा कार्यक्रम आउने र जेठ १५ गते बजेट ल्याउने तयारी छ ।


    आइतवार, बैशाख २४ २०८००१:३९:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij