Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images
नक्कली भुटानी शरणार्थी प्रकरण

केही दिन होहल्ला गरि सत्ता र प्रतिपक्ष मिलेर सामसुम पार्छन् : चित्रबहादुर केसी

केही दिन होहल्ला गरि सत्ता र प्रतिपक्ष मिलेर सामसुम पार्छन् : चित्रबहादुर केसी

  • आइतवार, बैशाख २४ २०८०

  • 557
    SHARES

  • केही दिन होहल्ला गरि सत्ता र प्रतिपक्ष मिलेर सामसुम पार्छन् : चित्रबहादुर केसी

    काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई उन्मुक्ति दिन सत्तापक्ष र प्रतिपक्ष मिलेको आरोप लगाउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै केसीले नक्कली भुटानी शरणार्थी प्रकरणमा सत्तापक्ष र विपक्ष नै मिसिनु दुखद भएको बताउँदै केही दिन होहल्ला गरि पहिलेका केसलाई झैं सामसुम पार्ने तर्क गर्नुभयो ।

    नेता कार्यकर्ताले जे गरे पनि नेतृत्वले नै चोख्याउने प्रवृत्ति घातक रहेको समेत नेता केसीको भनाइ छ । वाइडबडी, ओम्नी र सुन काण्डमा पनि सुरुमा निकै हल्लाखल्ला गरेको तर त्यस्तै अर्को घटना आएपछि जनताले बिर्सिएको उहाँले स्मरण गराउनुभयो ।

    पार्टीहरु घुस्याहा र भ्रष्टाचारीको कन्टेनर भएको दावी गर्दै उहाँले आफ्ना नेता कार्यकर्ताले जे गरे पनि नेतृत्व नै चोख्याउन हिँडेको आरोप लगाउनुभयो ।


    आइतवार, बैशाख २४ २०८००८:३९:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij