Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कोरोना संक्रमित युवकको चितवनमा मृत्यु

कोरोना संक्रमित युवकको चितवनमा मृत्यु

  • बिहिवार, आश्विन ८ २०७७

  • 759
    SHARES

  • कोरोना संक्रमित  युवकको चितवनमा मृत्यु

    चितवन । चितवन मेडिकल कलेजमा उपचारका क्रममा कोरोना सङ्क्रमित एक युवकको मृत्यु भएको छ । तनहुँको आँबुखैरहनी नगरपालिका वडा नम्बर ३ का ३९ वर्षीय युवकको मृत्यु भएको अस्पतालले जनाएको छ ।

    अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार उनको बुधबार राति १२ः५५ बजे मृत्यु भएको हो । डायलासिस गराउन भदौ २९ गते अस्पताल आएका उनमा गत भदौ ३१ गते कोरोना देखिएको थियो ।

    कोरोना सङ्क्रमणसँगै अस्पतालको सघन उपचार कक्षमा उनको उपचार भइरहेको थियो । उपचारका क्रममा राति उनको मृत्यु भएको हो। रासस

     


    बिहिवार, आश्विन ८ २०७७०७:३५:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij