काठमाडौं । मंगलबार दिउँसो प्रहरीले जबरजस्ती नियन्त्रणमा लिएर ट्रमा सेन्टर पुर्याएका डा. गोविन्द केसी साँझ ६ बजेर १५ मिनेट जाँदा अस्पतालबाट स्वइच्छाले निस्किएर महाराजगन्जस्थित शिक्षण अस्पतालको आकस्मिक कक्षमा पुगेर भर्ना भएका छन् ।
उनका सहयोगी प्रितम सुवेदीका अनुसार डा. केसीले त्यहाँ कुनै पनि प्रकारको परीक्षण तथा उपचार गर्न नमानेपछि अस्पतालबाट स्वइच्छाले निस्किएका हुन् ।
अस्पतालबाट निस्किए लगत्तै उनी केही सहयोगीका साथ ट्याक्सी चढेर शिक्षण अस्पताल महाराजगन्ज गएका छन् । सहयोगी तथा समर्थक सुवेदीका अनुसार डा. केसीले अब शिक्षण अस्पतालमा नै अनशन बस्ने छन् ।