Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

पर्वतमा ३१ जनाद्धारा कांग्रेस पार्टी परित्यागको घोषण, रास्वपामा चाँडै समाहित हुने तयारी

पर्वतमा ३१ जनाद्धारा कांग्रेस पार्टी परित्यागको घोषण, रास्वपामा चाँडै समाहित हुने तयारी

  • बुधवार, बैशाख १३ २०८०

  • 944
    SHARES

  • पर्वतमा ३१ जनाद्धारा कांग्रेस पार्टी परित्यागको घोषण, रास्वपामा चाँडै समाहित हुने तयारी

    काठमाडौं । नेपाली कांग्रेस पर्वतका प्रभावशाली युवा नेता मिलन सुवेदीले कांग्रेसको साधारण सदस्य समेत परित्याग गरेको घोषणा गर्नुभएको छ ।

    कांग्रेसको १४ औं महाधिवेशनमा जिल्ला सभापतिको प्रत्याशी रहनुभएका सुवेदी पर्वतमा गगन थापा समूहका नेता मानिन्छन् । सुवेदीसहित ३१ जना जिल्लास्तरीय नेता कार्यकर्ताहरुले कांग्रेस परित्याग गरी स्वतन्त्र रहेको घोषणा गरेका हुन् ।

    सुवेदी जिल्ला अधिवेशनमा गगन थापा पक्षबाट सभापति उम्मेदवार बनेर युवराज जोशीसँग पराजित हुनुभएको थियो । उहाँ नेविसंघका पूर्व जिल्ला सभापति समेत हुन् ।

    उनीसँग जिल्ला कार्य समिति सदस्य किसान थापा, फलेबास नगरपालिकाका सचिव सागर भुसाल, प्रदेश सभा सदस्यको उम्मेदवार बनेका कमलराज पौडेल, नेविसंघका निवर्तमान जिल्ला सभापति सन्तोष पाठक लगायत छन् । कांग्रेस परित्याग गरेका नेताहरु चाँडै राष्ट्रिय स्वतन्त्र पार्टीमा समाहित हुने तयारी रहेको बताइएको छ ।

     


    बुधवार, बैशाख १३ २०८००९:२७:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij