Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

'पाँच सय र हजारका नोट छाप्न बन्द गरौं ' : खिमलाल देवकोटा

'पाँच सय र हजारका नोट छाप्न बन्द गरौं ' : खिमलाल देवकोटा

  • बुधवार, बैशाख १३ २०८०

  • 605
    SHARES

  • 'पाँच सय र हजारका नोट छाप्न बन्द गरौं ' : खिमलाल देवकोटा

    काठमाडौं.राष्ट्रियसभाका सांसद खिमलाल देवकोटाले नेपालमा ५ सय र १ हजारका नोट छाप्न बन्द गर्न प्रस्ताव गर्नुभएको छ। आजको राष्ट्रियसभा बैठकमा सुदृढ अर्थतन्त्र निर्माण गर्नका लागि अल्पकालीन,मध्यकालीन र दीर्घकालीन नीति र योजना निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्नेुभन्ने विषयको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफलमा भाग लिँदै सांसद देवकोटाले भ्रष्टाचार नियन्त्रण गर्न ५ सय र १ हजारका नोट छाप्न बन्द गर्नुपर्ने बताउनुभएको हो ।

    उहाँले भन्नभयो,'बजारमा लगानी गर्नुपर्ने रकम  घुसिया कर्मचारी, घुसिया नेता र दलाल बिचौलियाले बोराका बोरा लुकाउने गरेको भन्ने सुनिन्छ। मेरो अनुरोध छ रु ५ सय र रु १ हजारका नोट छाप्न बन्द गरियोस्। बजारबाट सबै नोट खिचियोस्। यसले केही हदसम्म करप्सन कन्ट्रोलमा सहयोग पुर्‍याउनेछ।'

    उहाँले ले राष्ट्रिय गौरवका आयोजनाको भौतिक वित्तीय प्रगति निराशजनक रहेको बताउनुभयो। सांसद देवकोटाले उत्पादनमुखीभन्दा पनि वितरणमुखी कार्यक्रम तर्जुमा र कार्यान्वयनमा होडबाजी चलेको भन्दै आपत्ती जनाउनुभयो।यो स्थिती प्रदेश र स्थानीय तहमा देखिएको उहाँको भनाइ छ।

    प्रदेश र स्‍थानीय तहलाई सरकारको अनुभूति हुनेगरी काम गर्ने वातावरण बनाउन नसकिएको भन्दै निजामती सेवा ऐन जारी नहुँदा सिंगो प्रशासनिक संयन्त्र भद्रगोल र लथालिंग भएको उहाँको भनाइ छ।


    बुधवार, बैशाख १३ २०८००२:४६:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij