Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

ऐँझेरु प्रचण्डलाई पनि कम्युनिष्ट पार्टीले नै जन्माएको हो : ओली

ऐँझेरु प्रचण्डलाई पनि कम्युनिष्ट पार्टीले नै जन्माएको हो : ओली

  • शनिवार, बैशाख ९ २०८०

  • 633
    SHARES

  • ऐँझेरु प्रचण्डलाई पनि कम्युनिष्ट पार्टीले नै जन्माएको हो : ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल सस्तो मूल्यमा बिकेर कम्युनिष्ट पार्टीलाई ध्वस्त बनाएको आरोप लगाउनुभएको छ ।

    कम्युनिष्ट पार्टी स्थापना दिवसको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उनीहरुले कम्युनिष्ट पार्टीको झण्डा राख्नु नै विकार भएको टिप्पणी गर्नुभयो ।

    उहाँले भन्नुभयो, ‘दुई तिहाई पुर्यायौं हामीले। पार्टी एकता गरेर। तर, टुप्पामा बस्ने नेताहरुलाई सहिसक्नु भएन र विके। यतिकै उनीहरुले कम्युनिष्ट पार्टी ध्वस्त पारेको होइन होला। सस्तो मूल्यमा बिके। केकस्तो मुल्य उहाँहरुलै जान्नुहोला। बाहिरबाट देख्ने धेरै कुरा हामीले देखेका छौं। भित्रीकुरा उहाँहरुनै जान्नुहोला।’

    उहाँले सबै पार्टीमा रहेका वामपन्थी र परिवर्तन चाहनेहरुलाई एमालेमा आउन आह्वान गर्नुभयो । साथै, ओलीले कमुनिष्ट पार्टीले नै ऐँझेरु प्रचण्डको जन्म गराएको दाबी गर्नुभयो ।


    शनिवार, बैशाख ९ २०८००५:३५:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij