काठमाडौं। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको विकास र समृद्धिको लक्ष्यका साथ सरकार अघि बढिरहेको बताउनु भएको छ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले मुलुकको परिवर्तनलाई बलियो बनाउँदै संविधानको सफल कार्यान्वयन गर्दै मुलुकको विकास र समृद्धिको लक्ष्यका साथ सरकार अघि बढिरहेको बताउनु भएको हो।
अर्थतन्त्रलाई चलायमान बनाएर तत्काल देखिएका समस्या समाधान गर्न सरकारको सम्पूर्ण ध्यान केन्द्रीत भएको उहाँको भनाइ छ।
उहाँले निजी क्षेत्रलाई साथमा लिएर अर्थतन्त्रको तत्कालिन समस्या समाधान गर्न सरकारले निरन्तर छलफल गरिरहेको धारणा राख्नुभयो। उहाँले छिटै अर्थतन्त्रमा देखिएका समस्या समाधान हुने दावीसमेत गर्नुभयो ।