Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

गठबन्धन सरकार रहिरहे वृद्धभत्ता काट्छ, प्रहरीले कपडा फेर्न पाउँदैनन्ः केपी ओली

गठबन्धन सरकार रहिरहे वृद्धभत्ता काट्छ, प्रहरीले कपडा फेर्न पाउँदैनन्ः केपी ओली

  • बिहिवार, बैशाख ७ २०८०

  • 566
    SHARES

  • गठबन्धन सरकार रहिरहे वृद्धभत्ता काट्छ, प्रहरीले कपडा फेर्न पाउँदैनन्ः केपी ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकार रहीरहे वृद्धभत्ता काट्ने दाबी गर्नुभएको छ । बाराको चुनावी सभालाई सम्बोधन गर्दै अहिलेको सरकारले विकासको योजना काटेर आफन्त पोसेको आरोप ओलीले लगाउनुभयो ।

    उनले भन्नुभयो, ‘२० वर्षमा नभएको काम तीन वर्षमा गरेका थियौं । हामीले विकास निर्माणको कामलाई अगाडि बढाइरहेका थियौं । अब यही सरकार कायम रह्यो भने प्रहरीहरुले कपडा फेर्न पाउँदैनन् । हामीले जेष्ठ नागरिक भत्ता चार हजार पुर्याएका थियौं । अहिलेसम्म त पाउँदै हुनुहुन्छ होला यही सरकार कायम रह्यो भने केही महिनाभित्र वृद्धभत्ता नपाउने खतरा छ । यसले रोक्छ ।’

    उहाँले यो सरकारको ध्यान देश र जनता नभएर आफन्त पोस्नेमात्रै भएको आरोप लगाउनुभयो ।


    बिहिवार, बैशाख ७ २०८००४:३१:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij