Nov 01 2026 | २०८३, कार्तिक १६ गते

२०८३, कार्तिक १६ गते
  • यो साता चर्चामा :
images

नेप्सेमा १५ अंकको गिरावट, ९८ करोड ३३ लाख बराबरको कारोबार

नेप्सेमा १५ अंकको गिरावट, ९८ करोड ३३ लाख बराबरको कारोबार

  • बिहिवार, बैशाख ७ २०८०

  • 342
    SHARES

  • नेप्सेमा १५ अंकको गिरावट, ९८ करोड ३३ लाख बराबरको कारोबार

    काठमाडौं । साताको कारोबारको अन्तिम दिन नेप्से सूचक १५ अंकले घटेको छ । तीन दिनपछि हिजो १५.१३ अंकले बढ्दै १९ सय २०.१२ अंकको विन्दुमा उक्लिएको नेप्से सूचक आज पुनः १५.७३ अंकले घटेर १९ सय ४.४० अंकको विन्दुमा ओर्लिएको हो ।

    यसै आज ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत २.७९ अंकले घट्दै ३६३.१२ अंकको विन्दुमा झरेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

    यद्यपि, आज कारोबार रकम भने केही बढेको छ । अघिल्लो दिन १५ अंकले बढेको बजारमा ८७ करोड २१ लाख ४१ हजार रुपैयाँ बराबरको सेयर कारोबार हुँदै गर्दा आज १५ अंकले नै घटेको बजारमा ९८ करोड ३३ लाख ६७ हजार रुपैयाँ बराबरको ३२ लाख ९ हजार कित्ता सेयर किनबेच भएको छ ।

    आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे भएको छ । कालिन्चोक दर्शन लिमिटेडका सेयरधनीहरुले ९।९९ प्रतिशतले कमाएका छन् । यस्तै आज आदर्श लघुवित्त वित्तीय संस्था र एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्डका लगानीकर्ताहरुले समान १० प्रतिशतले गुमाएका छन् ।


    बिहिवार, बैशाख ७ २०८००४:१८:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij