Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

जग्गा कित्ताकाट खुल्ला गर्ने सरकारको निर्णयमा एमालेको विरोध

जग्गा कित्ताकाट खुल्ला गर्ने सरकारको निर्णयमा एमालेको विरोध

  • बुधवार, बैशाख ६ २०८०

  • 465
    SHARES

  • जग्गा कित्ताकाट खुल्ला गर्ने सरकारको निर्णयमा एमालेको विरोध

    काठमाडौं। सरकारले गरेको जग्गा कित्ताकाट खुल्ला गर्ने निर्णयको एमालेले बिरोध गरेको छ। आज जारी प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै एमाले सांसद सरस्वती सुब्बाले हिजो बसेको मन्त्रिपरिषद बैठकले गरेको सो निर्णयको विरोध गर्नुभएको हो ।

    उहाँले भन्नुभयो,‘हिजो बसेको मन्त्रिपरिषदको बैठकले भूउपयोग नियमावली २०७९ लाई संशोधन गर्दै जग्गाको कित्ताकाट खोल्ने समाचार सुन्दा दुःख लाग्यो । नेपाल खाद्य संकटको मारमा छ । जलवायू परिवर्तनको उच्च जोखिममा छ । मौलिक हक अन्तर्गत रहेका खाद्य सम्प्रभूता, सुरक्षित आवास लगायत सम्पूर्ण व्यवस्था कार्यान्वयन हुन सकेको छैन । विश्व परिवेशलाई हेर्दा सन् १९९६ मा पहिलो खाद्य सम्मेलन हुँदा ८० करोड जनता खाद्य जोखिममा थिए। अहिले यो संख्या बढेर २ अर्ब ३० करोड पुगेको छ ।’

    उहाँले नेपालमा खाद्यान्न आयातको अवस्था डरलाग्दो रहेको बताउँदै तयार पारिएको भूउपयोग नीति १० वर्ष हुँदापनि कार्यान्वयन नभएको बताउनुभयो। उहाँले भूउपयोग नीति लागू नगरी पुरानै अवस्थामा कित्ताकाट खोल्नु देश र जनता विरुद्धको काम भएको उल्लेख गर्नुभयो। सांसद सुब्बाले सरकारको निर्णयले जमिनको खण्डिकरण बढाउने र कृषि क्षेत्रलाई समाप्त पार्ने बताउनु भयो ।


    बुधवार, बैशाख ६ २०८००२:०९:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij