Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

उर्जा क्षेत्रमा थप लगानी विस्तार गर्नुपर्ने आवश्यकता छ : प्रधानमन्त्री प्रचण्ड

उर्जा क्षेत्रमा थप लगानी विस्तार गर्नुपर्ने आवश्यकता छ : प्रधानमन्त्री प्रचण्ड

  • मंगलवार, बैशाख ५ २०८०

  • 336
    SHARES

  • उर्जा क्षेत्रमा थप लगानी विस्तार गर्नुपर्ने आवश्यकता छ : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उर्जा क्षेत्रमा थप लगानी विस्तार गर्न आवश्यक रहेको बताउनु भएको छ।काठमाडौंमा आजबाट सुरु भएको आठौं ‘पावर समिट–२०२३’ लाई सम्बोधन गर्दै उहाँले सरकारले नीतिगत र व्यावहारिक रुपमा नै उर्जा क्षेत्रलाई समृद्धिको बलियो आधार मानेर अघि बढेकाले उर्जा क्षेत्रमा थप लगानी बढाउन आवश्यक रहेको बताउनुभएको हो ।

    प्रधानमन्त्री प्रचण्डले देशलाई आर्थिक रुपमा बलियो बनाएर अर्थतन्त्रमा गुणात्मक परिवर्तन गर्न पनि हरित उर्जाको आवश्यक्ता महत्वपूर्ण भएको उल्लेख गर्नुभयो। उहाँले धेरै नेपालीहरुले अझै पनि हरित उर्जामा पहुँच पुग्न नसकेको उल्लेख गर्दै देशका सबै जनतालाई बिजुली उपलब्ध गराउनका लागि ग्रिड विस्तार गर्न र अफ ग्रिड प्रविधिमा लगानी विस्तारमा जोड दिइरहेको बताउनुभयो।

    प्रशारण र वितरण लाइनहरू विस्तार गर्न र स्थिर विद्युत आपूर्ति सुनिश्चित गर्न सरकारले पहल गरिरहेको उल्लेख गर्नुभयो। उहाँले स्वदेशमा उत्पादन हुने बिजुली आन्तरिक रूपमा उपयोग गर्न पर्याप्त पूर्वाधार निर्माण नगर्दासम्म यस क्षेत्रमा भइरहेको ठूलो लगानी जोगाउन पनि निर्यात गर्नुपर्ने आवश्यक्ता देखिएको बताउनुभयो।

    प्रधानमन्त्री प्रचण्डले धेरै विद्युत खपत गर्नसक्ने क्षेत्रको प्रवर्द्धन, प्रतिव्यक्ति खपत बढाउन सक्ने वातावरण तय गर्दै व्यापार घाटालाई कम गर्न बिजुलीको उपभोग बढाउन जरुरी रहेको उल्लेख गर्नुभयो।


    मंगलवार, बैशाख ५ २०८००१:४३:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij