Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

डा. केसीको जीवनरक्षाको माग गर्दै स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्र

डा. केसीको जीवनरक्षाको माग गर्दै स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्र

  • मंगलवार, आश्विन ६ २०७७

  • 651
    SHARES

  • डा. केसीको जीवनरक्षाको माग गर्दै स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्र

    काठमाडौं । विभिन्न माग राखेर आमरण अनशनमा बसेका डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दे स्वास्थ्यमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको छ ।

    स्वास्थ्यमन्त्री भानुभक्त ढकालको अनुपस्थितिमा राज्यमन्त्री नवराज रावतले ज्ञापन पत्र बुझेका थिए । ‘हामी नेपाली, हाम्रो नेपाल’ नामक संस्थाले बुझाएको ज्ञापन पत्रमा डा. केसीले उठाएका माग सम्वोधन गर्न आग्रह गरिएको छ ।

    उक्त संस्थाका संयोजक ज्ञानेन्द्रबहादुर शाहीका अनुसार ज्ञापनपत्र बुझ्दै राज्यमन्त्री रावतले डा. केसीका मागप्रति सरकार सकारात्मक रहेको र चाँडै सम्बोधन हुने आवश्वासन दिएका छन् ।

    स्वास्थ्यमन्त्री भानुभक्त ढकाल होम आइसोलेसनमा रहेकाले राज्यमन्त्रीले ज्ञापन पत्र बुझेका थिए ।


    मंगलवार, आश्विन ६ २०७७०२:४९:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij