Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ सर्वसम्मत

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ सर्वसम्मत

  • बिहिवार, चैत्र ३० २०७९

  • 401
    SHARES

  • नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ सर्वसम्मत

    काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनु भएको छ। वरिष्ठ उपाध्यक्षका अर्का उम्मेदवार उमेशलाल श्रेष्ठले अञ्जनलाई समर्थन गरेसँगै उहाँ वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनु भएको हो ।

    पहिलो चरणको मतदानमा वरिष्ठ उपाध्यक्षका तीन जना उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशत मतभन्दा धेरै मत नल्याएपछि आज दिउँसो पुनः मतदान गर्ने तयारी गरिएको थियो। तर, उमेशलालले अञ्जनलाई समर्थन गरेपछि निर्वाचन नै नगरी अञ्जन विजयी हुनु भएको हो।

    दोस्रो चरणमा निर्वाचन हुने भनिएकोमा उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठबीच सहमति भएको हो। अबको केही बेरमा निर्वाचनस्थल कमलादीबाट सर्वसम्मतिको वरिष्ठ उपाध्यक्ष घोषणा गरिँदैछ।


    बिहिवार, चैत्र ३० २०७९०५:४३:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij