Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा पौडेल विजयी

नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा पौडेल विजयी

  • बिहिवार, चैत्र ३० २०७९

  • 599
    SHARES

  • नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा पौडेल विजयी

    काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएटतर्फ कार्यसमिति सदस्यमा पुँजीबजार फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेल विजयी हुनुभएको छ। पौडेलले १ हजार ३६३ मतसहित बिजयी हुनुभएको हो। यसअघि पनि महासंघको केन्द्रीय सदस्यका रुपमा अनुभव बटुलिसक्नुभएका पौडेल फेरी पनि सोही पदमा विजयी हुनुभएको छ।

    एशोसिएटतर्फको उपाध्यक्षमा भने ज्योत्सना श्रेष्ठ विजयी हुनुभएको छ। जिल्ला नगर उपाध्यक्षमा संघई प्यानलकै सुरकृष्ण वैद्य र वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ प्यानलका हेमराज ढकाल विजयी भएका छन्।

    वरिष्ठ उपाध्यक्ष पदमा भने पहिलो चरणको निर्वाचनमा तीन जना दाबेदार उमेशलाल श्रेष्ठ, अञ्जन श्रेष्ठ र रामचन्द्र संघई कसैले पनि ५० प्रतिशत मतभार नपाएपछि दोश्रो चरणको निर्वाचनमा प्रवेश गरेको छ। धेरै मत ल्याएका दुई उम्मेदवार उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ दोस्रो चरणको निर्वाचनमा प्रवेश गरेका हुन् ।

    दोश्रो चरणमा प्रवेश गरेपनी सकभर निर्वाचन नगरी सहमतिको प्रयास गरिएको छ। निवर्तमान अध्यक्ष, पूर्वअध्यक्षहरु र स्वयम् उम्मेदवारहरु बीच सहमतिको प्रयास भएका कारण निर्वाचन कार्यक्रम पनि पछि धकेलिएको छ।


    बिहिवार, चैत्र ३० २०७९०४:२९:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij