Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

यो सरकार नै मिटरब्याजी बन्यो : ज्ञानेन्द्र शाही

यो सरकार नै मिटरब्याजी बन्यो : ज्ञानेन्द्र शाही

  • बुधवार, चैत्र २९ २०७९

  • 583
    SHARES

  • यो सरकार नै मिटरब्याजी बन्यो : ज्ञानेन्द्र शाही

    काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले वास्तविक मिटरब्याजी सरकार आफैँ भएको आरोप लगाउनु भएको छ।आज जारी प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शाहीले माथिल्लो कर्णालीमा निर्माण व्यवसायीको बजेट बैंकमा राखेर सरकारले चर्को ब्याज खाइरहेको उल्लेख गर्दै तत्काल त्यसको निकासा गर्न पनि माग गर्नुभयो।

    उहाँले सो बजेट रोक्का गर्नुको कारणबारे एक हप्ता भित्र संसदमा जवाफ दिन सरकारसँग माग गर्दै जवाफ नआए आफ्नो पार्टीले सदन नै अवरुद्ध पार्ने चेतावनी समेत दिनुभयो ।

    सांसद शाहीले भननुभयो, ‘सरकारले मिटरब्याजीहरूलाई कारबाही गर्छु भन्छ। वास्तविक मिटरब्याजी यो सरकार हो। पछिल्लो तथ्यांकलाई मात्रै हेर्ने हो भने यो ८ महिनामा चालु खर्च मात्रै सरकारले ५१ दशमलव ४६ प्रतिशत, पुँजीगत खर्च २२ दशमलव १५ प्रतिशत र व्यवस्थापन खर्च ३७ दशमलव ४१ प्रतिशत गरेको छ। पैसा बैंकमा राख्ने, बैंकमा ब्याज खाने अनि मिटरब्याजी अरूलाई भन्ने ? वास्तविक मिटरब्याजी कोही छ भने सरकार छ। कर्मचारीले आज तलब खान पाएका छैनन्, आज निर्माण व्यवसायीहरूले पैसा पाएका छैनन्। यसको जवाफ ७ दिनभित्र सम्बन्धित मन्त्रीले दिनुपर्छ। होइन भने हामी सदनमा खडा भएर उभिनेछौँ।’

    उहाँले बैंकमा पैसा राखेर विकास, निर्माणको काम ठप्प पार्ने काम नगर्न पनि सरकारलाई पटकपटक सचेत गराउनुभयो।


    बुधवार, चैत्र २९ २०७९०२:१५:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij