काठमाडौं । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार(आज) देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । गण्डकी प्रदेशको पहाडी भू-भागका एकदुई स्थानमा मेघ गर्जन चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ।
भोलि पनि देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने छ। गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा मेघ गर्जन चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ।