Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सेयर बजारमा २८.३१ अंकको गिरावट

सेयर बजारमा २८.३१ अंकको गिरावट

  • आइतवार, चैत्र २६ २०७९

  • 574
    SHARES

  • सेयर बजारमा २८.३१ अंकको गिरावट
    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार(आज) सेयर बजारमा २८.३१ अङ्कले गिरावट आएको छ। करिब १ अर्ब १५ करोड ९४ लाख माथिको कारोबार हुँदा पनि बजार भने राताम्मे बनेको छ। यस दिन २८.३१ अंकले घटेको बजार १८३८.४८ विन्दुमा आएको हो । यो १.५२ प्रतिशतको गिरावट हो ।
     
    आज २०१ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ भने १५ वटा कम्पनीको मूल्यमा भने वृद्धि भएको छ। धेरै कमाउनेमा कम्पनीमा कालिञ्चोक दर्शन लिमिटेड, सानीमा ग्रोथ, ग्लोबल आएमई लघुवित्त रहेका छन्। 
     
    यस्तै, धेरै गुमाउने उपसमूहमा जीवन बीमा रहेको छ। यसमा १७९ अङ्कले गिरावट आएको छ। त्यस्तै, निर्जीवन कम्पनी उपसमूहको १५३ अङ्कले, विकास बैंकको ६१ अङ्कले, लघुवित्तको ४४ अङ्कले, विद्युत उपसमूहको ५७ अङ्कले गिरावट आएको छ।


    आइतवार, चैत्र २६ २०७९०४:५९:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij