Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

स्वर्णिम वाग्लेले मागे चुनावका लागि आर्थिक सहयोग

स्वर्णिम वाग्लेले मागे चुनावका लागि आर्थिक सहयोग

  • मंगलवार, चैत्र २१ २०७९

  • 797
    SHARES

  • स्वर्णिम वाग्लेले मागे चुनावका लागि आर्थिक सहयोग

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट तनहुँ–१ को उपनिर्वाचनका उम्मेदवार स्वर्णिम वाग्लेले आर्थिक सहयोगका लागि आह्वान गर्नुभएको छ। आज सामाजिक सञ्जाल फेसबुकमार्फत एक अपिल जारी गर्दै वाग्लले ‘निर्वाचनका लागि पारदर्शी कोष’ भन्दै नयाँ खाता समेत सञ्चालनमा ल्याएको बताउनुभएको हो ।

    ‘तनहुँ–१ को आसन्न उपनिर्वाचनमा आर्थिक सहयोग गर्न धेरैजना शुभचिन्तकले इच्छा गर्नुभएको छ। यसै प्रयोजनका लागि निम्न खाता (नयाँ) खोलेको छु। निर्वाचन आयोगले रु.३१ लाखको सीमा तोकेकोमा यसभन्दा धेरै पैसा जम्मा भए पूर्ण सार्वजनिक जानकारीसहित कानुन बमोजिम गर्नेछु’, वाग्लेले लेख्नुभएको छ।

    योजना आयोग नेपालका पूर्वउपाध्यक्ष समेत रहेका वाग्लेले उपनिर्वाचनको मुखैमा नेपाली कांग्रेस परित्याग गर्दै रास्वपा प्रवेश गर्नुभएको थियो। उहाँले रास्वपा प्रवेश गर्ने बित्तिकै हिजो तनहुँ–१ बाट उपनिर्वाचनका लागि उम्मेदवारि दर्ता गर्नुभएको छ।

    आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा वाग्लेसहित नेपाली कांग्रेसका तर्फबाट गोविन्द भट्टराई र एमालेका सर्वेन्द्र खनाल चुनावी मैदानमा होमिएका छन्।


    मंगलवार, चैत्र २१ २०७९०४:४९:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij