Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

नासाले ५० वर्षपछि चन्द्रमामा मानव मिसन पठाउँदै, यी हुन् अन्तरिक्ष यात्री

नासाले ५० वर्षपछि चन्द्रमामा मानव मिसन पठाउँदै, यी हुन् अन्तरिक्ष यात्री

  • मंगलवार, चैत्र २१ २०७९

  • 901
    SHARES

  • नासाले ५० वर्षपछि चन्द्रमामा मानव मिसन पठाउँदै, यी हुन् अन्तरिक्ष यात्री

    काठमाडौं। अमेरिकाका नील आर्मस्ट्रङले २० जुलाई १९६९ मा पहिलोपटक चन्द्रमाको सतहमा पाइला टेकका थिए। चन्द्रमामा पाइला टेक्ने उनी पहिलो पृथ्वीवासीसमेत हुन्। त्यसयता ५० वर्षसम्म अर्को कुनै मानव मिसन चन्द्रमाका लागि पठाइएको थिएन।अहिले फेरी नासाले मानव मिसन पठाउने तयारी गरेको छ।

    नासाले आफ्नो चन्द्र मिसन आर्टिमेस आईआईका लागि चार अन्तरिक्ष यात्रीको टिम छनोटसमेत गरिसकेको छ। जो आगामी वर्ष चन्द्रमामा जानेछन् र एक चक्कर लगाएर पृथ्वीमा फर्किनेछन्।नासाले गरेको घोषणाअनुसार चार जनामध्ये तीन अमेरिकी नागरिक हुन् भने एक क्यानडेली छन्।

    चन्द्रमामा पुग्ने यसपटक एक महिला पनि हुनेछिन्। मिसनमा रीड विस्मेन, भिक्टर ग्लोभर, क्रिस्टिना कोच र क्यानडाका जेरेमी हेनसेन जानेछन्। कोचसँग भने लामोसमयसम्म अन्तरिक्षमा उडान भर्ने विश्व रेकर्डसमेत छ।

    यीनमा हेनसेनलाई छाडेर बाँकी पहिला नै अन्तरिक्षमा गइसकेका छन्।यसअघि अपोलो मिसनका बेला नासाले १९६८ देखि १९७२ सम्म अन्तरिक्ष यात्रीलाई चन्द्रमामा पठाएको थियो।

    चारै जना अन्तरिक्ष यात्री सन् २०२४ को डिसेम्बरअघि केनेडी स्पेस सेन्टरबाट लञ्च गरिने रकेटको सहयोगमा चन्द्रमामा पुग्नेछन्।


    मंगलवार, चैत्र २१ २०७९०४:०२:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij