Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

महिला नेतृलाई देउवाले भने, ‘जेमा पनि कोटा चाहियो भन्नुभन्दा ३३ प्रतिशत् भोट ल्याएर देखाउनुहोस्’

महिला नेतृलाई देउवाले भने, ‘जेमा पनि कोटा चाहियो भन्नुभन्दा ३३ प्रतिशत् भोट ल्याएर देखाउनुहोस्’

  • सोमवार, आश्विन ५ २०७७

  • 1.3K
    SHARES

  • महिला नेतृलाई देउवाले भने,  ‘जेमा पनि कोटा चाहियो भन्नुभन्दा ३३ प्रतिशत् भोट ल्याएर देखाउनुहोस्’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका महिला नेतृहरूलाई प्रजातन्त्रमा सबैभन्दा ठूलो कुरा भोट भएकाले महिलाहरूको कम्तीमा ३३ प्रतिशत् भोट आउनुपर्ने बताउनुुभएको छ ।

    मंगलादेवी स्मृति प्रतिष्ठानले आयोजना गरेको नेपालमा महिला समानता र समावेशिताको अवस्था विषयक भर्चुअल छलफल कार्यक्रममा देउवाले महिलाको जनसंख्या आधाभन्दा बढी भएकाले सके ५० प्रतिशत् नभए पनि ३३ प्रतिशत् भोट महिलाहरूको हुनुपर्ने बताउनुुभएको हो ।

    ‘पार्टीले जित्यो भने मात्र त मन्त्री, प्रधानमन्त्री वा राष्ट्रपति बन्ने हो’, उहाँले भन्नुभयो, ‘जहाँ पनि महिला चाहियो भन्नुभन्दा महिलाको धेरैभन्दा धेरै भोट ल्याउन पहल गर्नुहोस् ।’

    सबै ठाउँमा कोटा मात्रै खोज्ने भन्दा पनि आदिवासी–जनजाति, दलित, थारु, मधेसी सबै समुदायभित्रका महिलाको भोट ल्याउनेतर्फ पहल गर्नु आवश्यकता रहेको देउवाको धारणा थियो । ‘अहिल्यैदेखि भोटका लागि गाउँगाउँ जानुहोस्’, उहाँले आग्रह गर्नुभयो ।

    आफू समावेशीको पक्षधर भएको भन्दै उहाँले महिला आयोग, दलित आयोग आफंैले गठन गरेको दाबीसमेत गर्नुभयो । आफ्नो पार्टी पनि समावेशी भएको उहाँको भनाइ थियो ।

    यसैबीच, कांग्रेस सभापति देउवाले पार्टीको जनसम्पर्क समिति समन्वय विभाग विस्तार गर्नुभएको छ । उहाँले आज केन्द्रीय सदस्य गोविन्द भट्टराईको संयोजकत्वमा रहेको विभागमा ३४ जनालाई मनोनित गर्नुभएको हो ।

    कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा विज्ञप्तिमा पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य भट्टराई प्रमुख रहेका जनसम्पर्क समिति समन्वय विभागमा आज सदस्यहरु मनोनयन गरिएको उल्लेख छ ।

    यता, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान नेतृत्वको नियत हेर्दा अधिवेशन टारेर पार्टीलाई संकटतिर धकेल्ने कोसिस भएको बताउनुुभएको छ । उहाँले अधिवेशननै अन्योलमा पर्ने स्थिति भएकाले बाँकी रहेको अवधिलाई सदुपयोग गरी समयमा महाधिवेशन सम्पन्न गर्नुपर्ने धारणा राख्नुुभएको हो ।

    महाधिवेशन र विशेष महाधिवेशनबारे आफ्नै भनाइ भनेर बङ्याएर प्रचार भएको बताउँदै पौडेलले आज ट्विटरमार्फत स्पष्ट पार्नुुभएको छ ।

    ‘गत महासमितिको बैठक देखिनै पार्टीमा अधिवेशनको कार्यतालिका बनाएर सुनौलो भविष्यका लागि मैले समयबद्ध काम गरौं भन्दै आएको छु’, उहाँले लेख्नुभएको छ ।

    अधिवेशननै टार्ने, नगर्ने नियत रहने हो भने पार्टीलाई संकटबाट जोगाउन विशेष महाधिवेशन बोलाएर भने पनि पार्टी बचाउन सकिने उहाँले बताउनुुभयो ।

    पौडेलले कोरोना भाइरस महामारीका कारण महाधिवेशन प्रभावित हुन नदिन अहिलेकै क्रियाशील सदस्यताबाट अधिवेशनमा जान सकिने विकल्प सुझाउनुुभएको छ ।

    deuba_virtual_1600689412.jpg


    सोमवार, आश्विन ५ २०७७०६:२७:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij