Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कांग्रेसद्वारा पूर्वमन्त्रीसहित यी नेताहरुको कारबाही फुकुवा

कांग्रेसद्वारा पूर्वमन्त्रीसहित यी नेताहरुको कारबाही फुकुवा

  • आइतवार, चैत्र १९ २०७९

  • 802
    SHARES

  • कांग्रेसद्वारा पूर्वमन्त्रीसहित यी नेताहरुको कारबाही फुकुवा

    काठमाडौं । नेपाली कांग्रेसले पूर्वमन्त्री गोविन्दराज जोशी, विकास कोइरालालगायत नेताको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ ।

    कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आइतबार सानेपामा बसेको बैठकमा २०७९ भन्दा पहिले नेताहरुमाथि गरिएको कारबाही फुकुवा गर्ने निर्णय गरेको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिनुभयो ।

    तनहुँका पूर्वमन्त्री जोशी गत निर्वाचनमा रामचन्द्र पौडेलविरुद्व बागी उम्मेदवारी दिएपछि कारबाहीमा पर्नुभएको थियो । जोशी मंसिर ४ गतेको निर्वाचनमा तनहुँ–१ मा स्वतन्त्र उम्मेदवार बन्नुभएको थियो । चितवनका कोइराला पूर्वजिल्ला सभापति हुहुनुहुन्छ ।

    यस्तै कांग्रेसले बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवारलाई सघाउने निर्णय गरेको छ । बैठकमा जसपाको उम्मेदवारलाई सघाउने सभापति शेरबहादुर देउवाले राखेको प्रस्ताव पारित भएको सहमहामन्त्री जीवन परियारले जानकारी दिनुभयो ।

     


    आइतवार, चैत्र १९ २०७९१२:४५:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij