Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६ सय ७४ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६ सय ७४ जनामा कोरोना संक्रमण

  • सोमवार, आश्विन ५ २०७७

  • 1.4K
    SHARES

  • पछिल्लो २४ घण्टामा  काठमाडौं उपत्यकामा थप ६ सय ७४ जनामा कोरोना संक्रमण

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६ सय ७४ जनामा कोरोना संक्रमण देखिएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबारको कोरोना मिडिया ब्रिफिङमा काठमाडौंमा ५३८, भक्तपुरमा ७४ र ललितपुरमा ६२ जनामा कोरोना संक्रमण देखिएको हो ।

    आइतबार उपत्यकामा ७ सय ६७ जना संक्रमित थपिएका थिए । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म नेपालमा पीसीआर विधिबाट ९ लाख २३ हजार ८२३ परीक्षणहरु गरिएका छन् ।

    मुलुकभर सक्रिय संक्रमितको संख्या १७ हजार ६ सय ११ रहेको छ । २४ घन्टामा थप १६ जनाको मृत्यु भएको छ । होम आइसोलेसनमा रहनेको संख्या ८ हजार ६ सय ९० रहेको मन्त्रालयका प्रवक्ता गौतमले बताए ।


    सोमवार, आश्विन ५ २०७७०४:३८:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij