Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कर्णालीका मुख्यमन्त्री शर्मालाई विश्वासको मत

कर्णालीका मुख्यमन्त्री शर्मालाई विश्वासको मत

  • शुक्रवार, चैत्र १७ २०७९

  • 1.0K
    SHARES

  • कर्णालीका मुख्यमन्त्री शर्मालाई विश्वासको मत
    काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाउनुभएको छ । आज दिउँसो बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शर्मालाई चार दलका ३८ सांसदले विश्वासको मत दिएका हुन् । मतदानमा सहभागी ३९ जना सांसदमध्ये मुख्यमन्त्री शर्माको पक्षमा ३८ मत परेको छ भने विपक्षमा १ मत मात्रै परेको छ ।
     
    उहाँले राप्रपा बाहेक सबै दल र स्वतन्त्र सांसदको समेत मत प्राप्त गर्नुभएको छ । शर्मालाई नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका ९, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र (देवराज शाही) एक–एकजना सांसदले शर्माको पक्षमा मत हालेका छन् ।
     
    मुख्यमन्त्री शर्माले यसअघि ६ माघमा एमाले, राप्रपासहितको विश्वासको मत प्राप्त गर्नुभएको थियो । यद्यपि राप्रपाले समर्थन फिर्ता लिएपछि दोस्रो पटक विश्वासको मत लिनुभएको हो ।
     
    उहाँ गत पुस २७ गते कर्णालीको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । शर्मालाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एकीकृत समाजवादी केन्द्रका २५ जना सांसदले समर्थन गरेका थिए ।
     


    शुक्रवार, चैत्र १७ २०७९०५:४९:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij