Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेपालमा थपिए ११ सय ५४ कोरोना संक्रमित, संक्रमितको संख्या ६५ हजार नाघ्यो

नेपालमा थपिए ११ सय ५४ कोरोना संक्रमित, संक्रमितको संख्या ६५ हजार नाघ्यो

  • सोमवार, आश्विन ५ २०७७

  • 613
    SHARES

  • नेपालमा थपिए ११ सय ५४ कोरोना संक्रमित, संक्रमितको संख्या ६५ हजार नाघ्यो

    काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप ११५४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा सोमबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६५,२७६ पुगेको बताएका छन् ।

    यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १ हजार ५ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ४७ हजार २ सय ३८ जना पुगेको छ ।

    त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२७ पुगेको छ ।


    सोमवार, आश्विन ५ २०७७०४:२४:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij