Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

देउवा झन् शक्तिशाली हुँदै छन् : भीमसेनदास प्रधान

देउवा झन् शक्तिशाली हुँदै छन् : भीमसेनदास प्रधान

  • शुक्रवार, चैत्र १७ २०७९

  • 494
    SHARES

  • देउवा झन् शक्तिशाली हुँदै छन् : भीमसेनदास प्रधान

    नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले पार्टी सभापति शेरबहादुर देउवा झन् झन् शक्तिशाली हुँदै गएको बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वमन्त्री समेत रहनुभएका प्रधानले पहिले पार्टीमा तीनचारवटा समूह रहेको तर अहिले डा. शेखर कोइरालाको समूहबाहेक कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह र रामचन्द्र पौडेल समूह समाहित भएपछि देउवा समूह झन् शक्तिशाली भएको दावी गर्नुभयो ।

    जनता चौतर्फी रुपमा आहत भएकाले सरकार राहत दिने काममा लाग्नुपर्ने उहाँको भनाइ छ । यस्तै उहाँले पार्टी छाड्ने अर्थशास्त्री स्वर्णिम वाग्लेको निर्णय सही नभएको बताउँदै पुरानाहरुभन्दा वाग्लेले कांग्रेसमा धेरै अवसर पाएका तर्क गर्नुभयो । यस्तै पार्टीमा परिवारवाद हावी भएको प्रधानको आरोप छ ।

     


    शुक्रवार, चैत्र १७ २०७९०९:३५:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij