Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

अनशनरत डा. केसी काठमाडौं आउन तयार, काठमाडौं आएर अनशन बस्ने

अनशनरत डा. केसी काठमाडौं आउन तयार, काठमाडौं आएर अनशन बस्ने

  • सोमवार, आश्विन ५ २०७७

  • 830
    SHARES

  • अनशनरत डा. केसी काठमाडौं आउन तयार, काठमाडौं आएर अनशन बस्ने

    काठमाडौं । डा. गाविन्द केसी काडमाडौंमा आउने भएका छन् ।

    जुम्लामा हिंसा वा तोडफोड हुन सक्ने भन्दै डा. केसी काठमाडौं आउने भएका हुन् ।

    ‘दुई वर्ष अगाडि हामी सत्याग्रहमा रहेकै कारणले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पतालमा जसरी राज्यले आतंक फैलाउँदै हिंसा र तोडफोड गर्‍यो, अहिले पनि केन्द्रदेखि प्रदेश सरकारसम्म उनै पात्रहरू पदमा छन् ।

    त्यसैले फेरि त्यसै खालको हिंसा र आक्रमण नहोस् भनेर हामीले जुम्लादेखि काठमाडौंसम्म यात्रा गरेर उहीबाट सत्याग्रह जारी राख्ने निर्णय गरेका छौँ,’ डा. केसीको विज्ञप्तिमा भनिएको छ ।

    डा. केसी स्वास्थ्य र मेडिकल शिक्षामा सुधार तथा सुशासनका लागि १९औं सत्याग्रह गरेको आज आठौं दिन पुगिसकेको छ । तर, यसबीचमा डा. केसीको मागहरू पूरा गर्न सरकारले कुनै प्रयास वा पहल गरेको छैन ।


    सोमवार, आश्विन ५ २०७७०४:१५:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij