Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक सुरु

मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक सुरु

  • मंगलवार, चैत्र १४ २०७९

  • 500
    SHARES

  • मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक सुरु

    काठमाडौं । सत्ता गठबन्धनको बैठक सुरू भएको छ । सरकार सञ्चालन र मन्त्रालय बाँडफाँडका विषयमा छलफल गर्न मंगलबार (आज) दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको बैठक बसेको हो ।

    बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सत्ता गठबन्धनमा रहेका दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी, जनमत, लोकतान्त्रिक समाजवादी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरू छन् ।

    प्रधानमन्त्रीले ६ चैतमै विश्वासको मत लिए पनि एक साता बित्दा समेत मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । दाहालले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा बनेको गठबन्धनलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्न चाहे पनि गठबन्धन दलहरूबीच मन्त्रालय बाँडफाँडका विषयमा सहमति जुट्न नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको छ । प्रधानमन्त्री दाहाल एक्लैले १६ मन्त्रालयको कार्यभार सम्हालिरहनुभएको छ ।

    यसबीचमा प्रधानमन्त्री प्रचण्डले दलहरुसँग छुट्टाछुट्टै छलफल गर्नुभएको थियो । मंगलबारको बैठकमा मन्त्रालय बाँडफाँडका विषयमा सहमति खोजिने र बिहीबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी छ ।


    मंगलवार, चैत्र १४ २०७९०५:००:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij