Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

नेप्सेमा दोहोरो अंकको वृद्धि, एक अर्ब ३८ लाखको कारोबार

नेप्सेमा दोहोरो अंकको वृद्धि, एक अर्ब ३८ लाखको कारोबार

  • सोमवार, चैत्र १३ २०७९

  • 507
    SHARES

  • नेप्सेमा दोहोरो अंकको वृद्धि, एक अर्ब ३८ लाखको कारोबार
    काठमाडौं । यो साता कारोबारको पहिलो दिन उच्च अंकले घटेको पुँजी बजारमा आज दोस्रो दिन भने दोहोरो अंकको वृद्धि देखिएको छ। आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १७ दशमलव ७० प्रतिशतले बढेर एक हजार नौ सय ६ को बिन्दुमा कायम भएको छ।
     
    आज दुई सय ६१ वटा कम्पनीको ४३ लाख आठ हजार छ सय ४५ कित्ता शेयर ३६ हजार नौ सय ८० पटक खरिद बिक्री हुँदा एक अर्ब ३८ करोड २७ लाख ६७ हजार नौ सय रुपैयाँ बराबरको कारोबार भएको छ।
     
    आज लघुवित्त समूह १७ दशमलव ०३ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक एक सय ९४ दशमलव ४५ अंक र निर्जीवन बीमा समूहको उपसूचक एक सय २६ दशमलव ४३ अंकले बढेको छ।
     
    आज बैंकिङ समूह तीन दशमलव १४, विकास बैंक समूह ७६ दशमलव ८७, वित्त समूह ३२ दशमलव ६३, होटेल तथा पर्यटन समूह ४७ दशमलव ५० र जलविद्युत् समूह ४३ दशमलव ५२ अंकले बढेको छ।
     
    त्यसैगरी लगानी समूह शून्य दशमलव ५२, उत्पादन समूह ९९ दशमलव ९८, म्युचुअल फन्ड शून्य दशमलव ०८, व्यापार समूह २५ दशमलव ९९ र अन्य समूह १४ दशमलव २६ अंकले बढेको छ।
     
    आज नेप्सेमा कुल २१५ कम्पनीको सेयर कारोबार भएकोमा १६७ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ । यस्तै ४४ कम्पनीको शेयर मूल्य गिरावट हुँदा ४ कम्पनीको स्थिर रहेको छ । आज सुपरमाई हाइड्रोपावर लिमिटेड, एशियन हाइड्रोपावर लिमिटेड र कालिञ्चोक दर्शन लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने नेसनल फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
     
    हिमालय डिस्टिलरी लिमिटेडको आज सबैभन्दा धेरै पाँच करोड ९० लाख ८० हजार बराबरको शेयर कारोबार भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा भने ग्लोबल आइएमई बैंक प्रमोटर शेयरको दुई लाख ७४ हजार दुई सय ९६ कित्ता शेयर खरिद बिक्री भएको छ।


    सोमवार, चैत्र १३ २०७९०४:३०:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij