Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

परिवारका एक सदस्यमा कोरोना देखिएपछि स्वास्थ्यमन्त्री ढकाल आजदेखि आइसोलेसनमा

परिवारका एक सदस्यमा कोरोना देखिएपछि स्वास्थ्यमन्त्री ढकाल आजदेखि आइसोलेसनमा

  • सोमवार, आश्विन ५ २०७७

  • 1.0K
    SHARES

  • परिवारका एक सदस्यमा कोरोना देखिएपछि स्वास्थ्यमन्त्री ढकाल आजदेखि आइसोलेसनमा

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल पुनः आइसोलेसनमा बसेका छन् । मन्त्री ढकालको परिवारका एक सदस्यमा कोरोना संक्रमण पुष्टि भएसँगै उनी आइसोलेसनमा बसेका हुन् ।

    मन्त्री ढकालको परिवारका एक सदस्यमा कोरोना संक्रमण देखिएकाले आजदेखि आइसोलेसनमा बसेको प्रेस सल्लाहकार माधवप्रसाद तिवारीले बताए । कोरोनाको महामारीका बीचमा सक्रिय रहेका मन्त्री ढकालका परिवारका सदस्यहरुमा भने यसअघि पनि कोरोना संक्रमण देखिएको थियो ।

    नियमित भेटघाट बन्द रहेपनि आइसोलेसनबाट नै भर्चुअल संवाद र फोनमार्फत स्वास्थ्य सेवाका विषयमा मन्त्री ढकालले आवश्यक निर्देशन दिईरहेका छन् ।


    सोमवार, आश्विन ५ २०७७०१:४६:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij