Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

तनहुँका १७ र बाग्लुङका १४ सहित गण्डकीमा ३८ संक्रमित थपिए

तनहुँका १७ र बाग्लुङका १४ सहित गण्डकीमा ३८ संक्रमित थपिए

  • सोमवार, आश्विन ५ २०७७

  • 617
    SHARES

  • तनहुँका १७ र बाग्लुङका १४ सहित गण्डकीमा ३८ संक्रमित थपिए

    पोखरा । गण्डकी प्रदेशमा सोमबार थप ३८ जनामा कोरोना पुष्टि भएको छ ।

    क्षयरोग उपचार केन्द्र, पोखरा परिक्षणमा गण्डकी  प्रदेशमा सोमबार थप ३८ जनामा कोरोना पुष्टि भएको हो । नयाँ संक्रमितहरुमा कास्कीका ४ जना, तनहुँका १७ जना, बाग्लुङका १४ जना, स्याङजाका २ जना र गोरखाका एक जना रहेका छन् ।

    बाग्लुङ जिल्ला, ढोरपाटन-१ का ब्यक्तिहरु नेपाल बैंक लि., हिमाल मेडिकल, भट्टराई ईलेक्ट्रोनिक्स, ढोरपाटन न.पा. कार्यालय, बुर्तिबाङ प्रा.स्वा.के., धौलागिरी होटेल, साईला होटेल, सिटी क्लिनिकमा कार्यरत हुन् । बाग्लुङ जिल्ला, ढोरपाटन-४ का ३१ बर्षीय पुरुष र गोरखा जिल्ला, सिरानचोक-६ का ३३ बर्षीय पुरुष गरि २ जना भारतबाट आई क्वारेन्टाइनमा बसेका छन् ।

    अन्य संक्रमितहरु कन्ट्रयाक्ट ट्रेसीङबाट पहिचान भएको स्वास्थ्य निर्देशनालयले जानकारी गराएको छ । गण्डकी प्रदेशमा अहिलेसम्म ३४७८ जना संक्रमित भएका छन् भने अहिलेसम्म २११३ जना निको भएका छन् ।

    त्यस्तै प्रदेशमा निको हुने दर ६०.७५ प्रतिशत रहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । प्रदेशमा अहिले सक्रिय संक्रमितको संख्या १३ सय ३३ रहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । 

    त्यस्तै प्रदेशमा अहिलेसम्म कोरोनाबाट ३२ जनाको मृत्यु भएको छ । 


    सोमवार, आश्विन ५ २०७७०१:१८:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij