Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

ओलीजी, तपाईंले तिर्नुपर्ने ब्याज एउटा बाँकी रह्यो : प्रचण्ड

ओलीजी, तपाईंले तिर्नुपर्ने ब्याज एउटा बाँकी रह्यो : प्रचण्ड

  • सोमवार, चैत्र ६ २०७९

  • 653
    SHARES

  • ओलीजी, तपाईंले तिर्नुपर्ने ब्याज एउटा बाँकी रह्यो : प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान गठबन्धन र सरकार विधि र प्रक्रिया अन्तर्गत नै अघि बढेको जवाफ दिनुभएको छ ।

    सोमबार प्रतिनिधि सभा बैठकमा आफुले पेस गरेको विश्वासको प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले गठबन्धन गरेर लोकतन्त्रको नयाँ अभ्यास गरिरहेको भन्दै नेकपा विभाजन र संसद विघटनको गम्भीर समीक्षा गर्न एमाले अध्यक्ष केपी ओलीलाई चुनौती दिनुभयो । उहाँले गठबन्धन बदलेकोबारे एमाले उपाध्यक्ष विष्णु पौडेलले जवाफ मागेको भन्दै पौडेल आफैं उपप्रधानमन्त्री भएकाले जवाफ दिन आग्रह गर्नुभयो। पुस १० को गठबन्धन बनाउन एमालेले नै बोलाएकाले नै आफु खोज्दै त्यहाँ नगएको पनि बताउनुभयो ।

    ‘म यतै बल गर्दै थिए, म खोज्दै गएको भन्ने सत्य होइन’, प्रचण्डले भन्नुभयो, ‘कांग्रेसलाई के के भन्नुभयो, बाइ द वे म गएँ ।’ प्रधानमन्त्री प्रचण्डले आफुले केपी ओलीलाई दुई पटक प्रधानमन्त्री बनाएको पनि बताउनुभयो । ‘मैले तपाईलाई दुईचोटी प्रधानमन्त्री बनाएको थिएँ, तपाईले मलाई ब्याज दिनुपर्ने थियो, ऋण तिर्नुपर्ने थियो । तपाईले तिर्नुभयो । एउटा त तिर्नुभयो अझै एउटा बाँकी छ हिसाब राख्नुस्’, प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

    ‘जनताले अनुमोदित गरे, कार्यकर्ताले अनुमोदित गरे, ठुलो आशाको सञ्चार भयो देशभर तर हामीले तीन बर्ष टिकाउन सकेनौ’, प्रधानमन्त्री प्रचण्डले तत्कालीन नेकपा विभाजन र संसदको पटकपटक विघटनबारे समीक्षा गर्नुपर्ने बताउनुभयो ।

     


    सोमवार, चैत्र ६ २०७९०५:३१:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij