Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

सरकार रासायनिक मलको अनुदान कटौती गर्ने निर्णयबाट पछि हट्यो

सरकार रासायनिक मलको अनुदान कटौती गर्ने निर्णयबाट पछि हट्यो

  • सोमवार, चैत्र ६ २०७९

  • 345
    SHARES

  • सरकार रासायनिक मलको अनुदान कटौती गर्ने निर्णयबाट पछि हट्यो

    काठमाडौं। रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गर्ने निर्णयबाट सरकार पछि हटेको छ। यसअघि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विषयगत समितिले मलमा अनुदान कटौती गर्ने निर्णय गरेको थियो ।

    त्यो निर्णय रोक्दै आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने निर्णय गरेको हो।

    बैठकले रासायनिक मलमा दिँदै आएको अनुदानबारे विस्तृत अध्ययनपछि आवश्यक निर्णय गरी आगामी दिनमा थप व्यवस्थित र वैज्ञानिक बनाउने निर्णयसमेत गरेको सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभएको छ।


    सोमवार, चैत्र ६ २०७९१२:२३:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij