Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

एमालेसँग लभ गरेर कांग्रेससँग लिभिङ टुगेदर बस्ने प्रचण्डलाई विश्वासको मत दिन सकिँदैन : महेश बर्तौला

एमालेसँग लभ गरेर कांग्रेससँग लिभिङ टुगेदर बस्ने प्रचण्डलाई विश्वासको मत दिन सकिँदैन : महेश बर्तौला

  • सोमवार, चैत्र ६ २०७९

  • 637
    SHARES

  • एमालेसँग लभ गरेर कांग्रेससँग लिभिङ टुगेदर बस्ने प्रचण्डलाई विश्वासको मत दिन सकिँदैन : महेश बर्तौला
    काठमाडौं । नेकपा एमालेका नेता एवं संसदीय दलका सचेतक महेश बर्तौलाले संसद्को पहिलो र दोस्रो दललाई पन्छाएर तेस्रो वा चौथो दलले सरकारको नेतृत्व गर्नु लोकतन्त्रकै  भद्दा मजाक भएको बताउनुभएको छ ।
     
    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै बर्तौलाले ३२ सिटे पार्टीले कहिले कांग्रेसको ढाडमा टेकेर एमालेलाई हिर्काउने, कहिले एमालेको ढाडमा टेकेर कांग्रेसलाई हिर्काउने गरिरहेको टिप्पणी गर्नुभएको छ । उहाँले यसले मुलुकलाई स्थिरता दिन नसक्ने दाबी गर्नुभएको छ ।
     
    संसद्का दुई ठुला शक्ति नेपाली कांग्रेस र एमालेले राजनीतिक स्थिरता र आर्थिक समृद्धिका लागि मिल्नुपर्ने कथाको माग भएको उहाँले औँल्याउनुभयो ।
     
    नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन नसक्ने बर्तौलाले औँल्याउनुभयो । उहाँले भन्नुभयो, ‘हामी प्रमुख विपक्षीको बेन्चमा बसेका छौं । सरकारको काम कारबाहीको गुण र दोषका आधारमा रचनात्मक सहयोग र खबरदारी हुन्छ । तर एमालेले प्रचण्डलाई विश्वासको मत दिँदैन ।’
     
    पुस १० को सहमतिमा प्रचण्डले एमालेलाई धोका दिएको आरोप पनि बर्तौलाले लगाउनुभयो । उहाँले बाध्यात्मक परिस्थितिमा  पुस १० मा प्रचण्डसँग सहकार्य गरेको बताउँदै एक महिनामै उहाँको अस्थिर चरित्र फेरि देखिएको टिप्पणी गर्नुभयो । पुस १० मा हस्याङफस्याङ गर्दै बालकोट पुगेर गिडगिडाहट गरेका प्रचण्डले लभ एमालेसँग गरेर, लिभिङ टुगेदर कांग्रेससँग बसेको आरोप लगाउनुभयो । 
     


    सोमवार, चैत्र ६ २०७९१०:२७:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij