Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

शेयर बजारमा ६.९० अंकको गिरावट, १ अर्ब ७ करोडमा झर्‍यो कारोबार

शेयर बजारमा ६.९० अंकको गिरावट, १ अर्ब ७ करोडमा झर्‍यो कारोबार

  • आइतवार, चैत्र ५ २०७९

  • 485
    SHARES

  • शेयर बजारमा ६.९० अंकको गिरावट, १ अर्ब ७ करोडमा झर्‍यो कारोबार
    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार(आज) शेयर बजार परिसूचक नेप्सेमा  एकल अंकको गिरावट आएको छ ।
     
    आज बजार परिसूचक नेप्से ६.९० अंकले गिरावट हुँदा १९२६.४० अंकमा बन्द भएको छ । होटेल तथा पर्यटन, हाइड्रोपावर, लगानी, व्यापार र निर्जीवन बीमा उपसूचकमा वृद्धि भएपनि बजारलाई लिड गर्ने बैंकिङ सहित जीवन बीमा, उत्पादनमूलक, लघुवित्त लगायतका उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको छ । आज होटेल तथा पर्यटन उपसूचक सर्वाधिक ०.८७ प्रतिशत र हाइड्रोपावर उपसूचक ०.२७ प्रतिशतले वृद्धि भएको छ ।
     
    यता बैंकिङ उपसूचक ०.५४ प्रतिशतले घटेको छ भने उत्पादनमूलक, लघुवित्त र म्युचुअल फण्ड उपसूचकमा भने १ प्रतिशत भन्दा माथिको गिरावट भएको छ । नेप्सेमा गिरावट हुँदा कारोबार रकम पनि घटेको छ । गत बिहीबार १ अर्ब १४ करोड र बुधबार १ अर्ब २० करोडको कारोबार भएको बजारमा आइतबार भने मुस्किलले १ अर्ब नाघेको छ ।
     
    आज बजारमा ३० हजार ७७५ वटा कारोबारमा ३१ लख ६३ हजार ३८९ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा १ अर्ब ६ करोड ९८ लाख रुपैयाँको कारोबार भएको छ । आज बजारमा हिमालयन डिस्टिलरीको सर्वाधिक ६ करोड ११ लाखको कारोबार हुँदा शिवं सिमेन्टको ४ करोड ५ लाख र एनआईसी एशिया बैंकको ४ करोडको कारोबार भएको छ ।
     
    आज नेप्सेमा कुल २१३ कम्पनीको सेयर कारोबार हुँदा १२७ कम्पनीको शेयर मूल्यमा गिरावट भएको छ । यस्तै ७४ कम्पनीको शेयर मूल्य वृद्धि भएको छ भने १२ कम्पनीको स्थिर छ । आज कारोबार भएकोमध्ये युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्त र शुभम् पावरको शेयर मूल्य बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा ग्रिन भेञ्चर लिमिटेडको शेयर मूल्य ७.१८ प्रतिशतले वृद्धि भएको छ । यता सृजनशील लघुवित्तको शेयर मूल्य ७.३३ प्रतिशतले गिरावट हुँदा मनकामना स्मार्ट लघुवित्तको शेयर मूल्य ३।९५ प्रतिशत र सबैको लघुवित्तको शेयर मूल्य ३.९३ प्रतिशतले गिरावट भएको छ ।
     


    आइतवार, चैत्र ५ २०७९०५:३२:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij