Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

इलामको कोभिड –१९ सूचना संयोजकमा पत्रकार सुसेली

इलामको कोभिड –१९ सूचना संयोजकमा पत्रकार सुसेली

  • सोमवार, आश्विन ५ २०७७

  • 1.6K
    SHARES

  • इलामको कोभिड –१९ सूचना संयोजकमा पत्रकार सुसेली

    काठमाडौं । नेपाल पत्रकार महासंघ प्रदेश –१ का उपाध्यक्ष तथा इलामका सञ्चारकर्मी सोमनाथ सुसेली इलामको कोभिड –१९ संक्रमण सूचना संयोजकमा मनोनित हुनुभएको छ । नेपाली कांग्रेस कोभिड –१९ अनुगमन समिति केन्द्रीय कार्यालयले उहाँलाई संयोजकमा मनोनयन गरेको हो ।

    सञ्चारकर्मी सुसेलीलाई कांग्रेसका सहमहामन्त्री एवम् नेपाली कांग्रेस कोभिड –१९ अनुगमन समिति संयोजक डा. प्रकाशशरण महतद्धारा हस्ताक्षरित पत्र आएसँगै जिम्मेवारीसमेत प्रदान गरिएको छ ।

    समितिले विभिन्न जिल्लाबाट प्राप्त संक्रमणको स्थिति र परीक्षणको अवस्थाबारेमा अनुगमन गर्ने, आइसोलेसन र क्वारेन्टाइन केन्द्रहरुको सुविधा तथा मापदण्डको अनुगमन गर्ने बताइएको छ ।

    साथै, संक्रमित राख्ने अस्पतालको स्थिति, स्वास्थ्य सामग्री र चिकित्सक तथा स्वास्थ्यकर्मीको ब्यवस्थाका बारेमा जानकारी लिनेछ ।

    त्यस्तै, संक्रमण रोकथाम एवम् पीडितहरुको सहयोगका लागि पार्टीहरुले खेलेको भूमिकाका विषयमा जानकारी लिने बताइएको छ ।

    त्यसैगरी, निरन्तर रुपमा सम्बन्धित निकाय, राजनीतिक दल, नागरिक समाज, संघ संस्था तथा जनस्तरबाट उपयुक्त विषयमा आवश्यक जानकारी लिनेछ ।


    सोमवार, आश्विन ५ २०७७१२:२५:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij