Nov 01 2026 | २०८३, कार्तिक १६ गते

२०८३, कार्तिक १६ गते
  • यो साता चर्चामा :
images

नेपालमा काजु आयात बढ्यो, यस्तो छ आँकडा

नेपालमा काजु आयात बढ्यो, यस्तो छ आँकडा

  • शनिवार, चैत्र ४ २०७९

  • 977
    SHARES

  • नेपालमा काजु आयात बढ्यो, यस्तो छ आँकडा

    काठमाडौं । चालू आर्थिक वर्ष २०७९–८० को ७ महिनाको अवधिमा नेपालबाट काजु आयातमा साढे ४१ करोड रुपैयाँ बाहिरिएको छ ।

    भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको साउनदेखि माघ महिनासम्मको अवधिमा उक्त मूल्यको काजु आयात भएको हो । यस अवधिमा ६लाख ३३ हजार किलोग्राम काजु आयात भएको तथ्यांकले देखाएको छ । काजु आयातकर्ताले यसबापत राज्यलाई २० करोड रुपैयाँ भन्सार राजश्व बुझाएका छन् ।

    गत आर्थिक वर्ष २०७८–७९ मा नेपालले विदेशबाट १ अर्ब १७ करोड रुपैयाँको काजु आयात गरेको थियो । उक्त अवधिमा नेपालमा १४ लाख किलोग्राम काजु भित्रिएको थियो । यस्तै, यसबापत राज्यले ३७ करोड रुपैयाँ राजश्व संकलन गरेको थियो । उक्त अवधिमा नेपालमा सबैभन्दा धेरै चीन, भारत, नाइजेरिया, सिंगापुर लगायतका देशबाट काजु आयात भएको थियो ।

    भारतबाट सबैभन्दा धेरै ५० करोड रुपैयाँको काजु आयात हुँदा मोजाम्बिकेबाट २५ करोड रुपैयाँको काजु आयात भएको थियो ।

    यस्तै, भियतनामबाट २६ करोड ८३ लाख रुपैयाँको र नाइजेरियाबाट ११ करोड ६० लाख रुपैयाँको काजु आयात हुँदा चीनबाट १५ लाखको काजु भित्रिएको थियो ।


    शनिवार, चैत्र ४ २०७९०२:०७:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij