काठमाडौं । नेकपा एमालेका नेता विशाल भट्टराईले उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्यले जित्ने दाबी गर्नुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता भट्टराईले सत्तारुढ गठबन्धनभित्रको विभाजन, उम्मेदवारी मै देखिएको विवाद र एमाले उम्मेदवार शाक्यलाई थप पार्टीले दिने मतका आधारमा जित्ने दावी गर्नुभयो ।
संसदको बनोट हेर्दा केपी शर्मा ओलीले भनेजस्तै जुनसुकै बेला विघटन हुने सक्ने पनि नेता भट्टराईको भनाइ छ । भट्टराईले भन्नुभयो–हाम्रा अध्यक्षले संसद् विघटनको वकालत गर्नुभएको होइन, प्रधनमन्त्रीले विघटन गर्न सक्ने तर्क गर्नुभएको हो । त्यसको अर्थ आज वा भोलि नै हुन्छ नै होइन । संविधानको धारा ७६ को ५ सम्म पुग्दा पनि सरकार स्थिर नभए त विघटन भइहाल्छ नि । हामीले अपनाएको प्रणाली बेलायती मोडलको हो । वेस्ट मिनिस्टर मोडलमा प्रधानमन्त्री स्थिर र संसद अस्थिर हुन्छ भनिन्छ । हामीकहाँ अदालतले उल्टापाल्टा फैसला गरेकाले पो नभएको हो त ।’
यस्तै उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एमालेले विश्वासको मत नदिने प्रस्ट पार्नुभएको छ ।
उपराष्ट्रपति चयनका लागि आज मतदान हुँदै छ । बिहान १० देखि दिउँसो ३ बजेसम्म नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा मतदान हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु गर्ने र साँझ ६ बजेभित्र निर्वाचन परिणाम सार्वजनिक गर्ने तयारी गरिएको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले बताउनुभयो ।
उपराष्ट्रपति चयनका लागि आज मतदान हुँदै छ । बिहान १० देखि दिउँसो ३ बजेसम्म नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा मतदान हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उपराष्ट्रपति पदका लागि चार जना उम्मेदवार छन् । एमालेबाट शाक्य, जनमत पार्टीबाट ममता झा, जनता समाजवादी पार्टीबाट प्रमीला कुमारी यादव र रामसहायप्रसाद यादव उम्मेदवार छन् । प्रमिलाकुमारी उम्मेदवार नरहेको उक्त दलले जनाए पनि निर्वाचन अधिकृतको कार्यालयको समयसीमाभित्र उम्मेदवारी फिर्ता नलिएकोले मतपत्रमा उहाँको नामसमेत राखिएको छ ।
जसपाका उम्मेदवार रामसहाय यादवलाई नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का सांसदको समर्थन छ । जनमत पार्टीकी झालाई भने लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका सांसदले समर्थन गरेका छन् ।