Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेप्सेमा १४.४४ अंकको गिरावट, कारोबार रकम भने बढ्यो

नेप्सेमा १४.४४ अंकको गिरावट, कारोबार रकम भने बढ्यो

  • बुधवार, चैत्र १ २०७९

  • 567
    SHARES

  • नेप्सेमा १४.४४ अंकको गिरावट, कारोबार रकम भने बढ्यो
    काठमाडौं । साताको सुरुवाती दुई कारोबार दिन घटेर मंगलबार एकल अंकको सामान्य वृद्धि भएको नेप्से बुधबार(आज) पुनः ओरालो लागेको छ । साताको चौथो कारोबार दिन आज बजार परिसूचक नेप्से १४.४४ अंकले गिरावट हुँदा १९३८.६२ अंकमा बन्द भएको छ ।
     
    व्यापार बाहेक सबै उपसूचकमा गिरावट हुँदा नेप्से ०.७४ प्रतिशतले गिरावट भएको हो । लघुवित्त उपसूचक सर्वाधिक १.८६ प्रतिशतले गिरावट हुँदा बजारलाई लिड गर्ने बैंकिङ उपसूचक पनि ०.७८ प्रतिशतले गिरावट भएको छ ।
     
    नेप्सेमा गिरावट भएपनि हिजोको तुलनामा आज कारोबार रकम केही वृद्धि भएको छ । हिजो करिब १ अर्ब १४ करोडको कारोबार भएको थियो । आज नेप्सेमा २५ हजार ४९१ वटा कारोबारमा ३७ लाख १६ हजार ६८४ कित्ता सूचीकृत धितोपत्र खरिदबिक्री हुँदा १ अर्ब २० करोड २१ लाख रुपैयाँको कारोबार भएको छ । जसमध्ये एनआईशी एशिया बैंकको सर्वाधिक १२० करोड ३५ लाखको कारोबार हुँदा सानिमा माई हाइड्रोपावरको ७ करोड १६ लाख रुपैयाँ र नबिल बैंकको ४ करोड २९ लाखको कारोबार भएको छ ।
     
    आज बजारमा कुल २१४ कम्पनीको शेयर कारोबार हुँदा १४९ कम्पनीको शेयर मूल्यमा गिरावट भएको छ । यस्तै ५१ कम्पनीको शेयर मूल्यमा वृद्धि हुँदा १४ कम्पनीको शेयर मूल्य स्थिर छ । जसमध्ये युनिक नेपाल लघुवित्त र शुभम् पावरको शेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा विन्दवासिनी हाइड्रोपावरको शेयर मूल्य ६.४२ प्रतिशतले वृद्धि भएको छ ।
     
    यता किसान लघुवित्तको शेयर मूल्य सर्वाधिक ५.९ प्रतिशतले गिरावट हुँदा वाराही हाइड्रोपावरको शेयर मूल्य ५.२२ प्रतिशत र स्वरोजगार लघुवित्तको शेयर मूल्य ३.९८ प्रतिशतले गिरावट भएको छ ।
     


    बुधवार, चैत्र १ २०७९०३:५६:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij