Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

उपराष्ट्रपतिमा जसपाका यादवलाई समर्थन गर्ने कांग्रेस नेता बस्नेतको संकेत

उपराष्ट्रपतिमा जसपाका यादवलाई समर्थन गर्ने कांग्रेस नेता बस्नेतको संकेत

'प्रधानमन्त्रीले ५ गते विश्वासको मत लिनुहुन्छ'
  • बुधवार, चैत्र १ २०७९

  • 490
    SHARES

  • उपराष्ट्रपतिमा जसपाका यादवलाई समर्थन गर्ने कांग्रेस नेता बस्नेतको संकेत

    काठमाडौं । नेपाली कांग्रेसका नेता मोहन बहादुर बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिश्वासको मत आगामी ५ गते लिने तयारी भइरहेको बताउनुभएको छ । प्रधानमन्त्रीले ५ गते विश्वासको मत लिएपछि ६ र ७ गतेभित्रैमा मन्त्रिपरिषद् टुंगीने नेता बस्नेतको भनाइ छ ।

    केपी ओली नेतृत्वको गठबन्धन टुटेर नयाँ १० दलिय गठबन्धन बनेपछि प्रधानमन्त्री प्रचण्डले १६ वटा मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ ।
    राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन पछि मात्रै मन्त्रीपरिषद विस्तार गर्ने तयारी स्वरुप ५ गते मन्त्रिपरिषद विस्तारको तयारी भइरहेको छ । राष्ट्रपतिको निर्वाचन सम्पन्न भइसकेको छ भने उपराष्ट्रपतिको निर्वाचन पर्सी ३ गते हुँदै छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बस्नेतले मन्त्रालय भागबण्डामा संख्यात्मक हिसावले कुनै पनि दलले तोकिनसकेको बताउनुभयो । यस्तै गठबन्धनमा रहेका धेरै जसो दल सरकारमा जाने उहाँको भनाइ छ ।

    यस्तै उपराष्ट्रपतिको प्रसंगमा नेता बस्नेतले आधिकारीक रुपमा गठबन्धनमा जस्लाई निर्णय गरेको छ उहि उम्मेदवारलाई समर्थन गर्ने बताउनुभयो । उपराष्ट्रपतिमा गठबन्धनबाट जसपाका रामसहाय प्रसाद यादव तथा जनमत पार्टीकी ममता झाको उम्मेदवारी रहेको छ । नेता बस्नेतले नाम नतोकेर गठबन्धनको आधिकारीक उम्मेदवारलाई समर्थन गर्ने बताए पनि उक्त उम्मेदवार जसपाका यादव भन्ने प्रस्ट देखिएको छ ।

    उपराष्ट्रपतिका लागि अष्टलक्ष्मी शाक्य, प्रमिला कुमारी यादव, ममता झा, रामसहाय प्रसाद यादव गरी ४ जनाको उम्मेदवारी दर्ता भए पनि प्रमिलाकुमारीले भने उम्मेदवारी फिर्ता लिएको घोषणा गरिसक्नुभएको छ भने अब एमालेबाट शाक्य तथा जसपाका यादव र जनमत पार्टीकी ममता झाबीच प्रतिस्पर्धा हुनेछ । उपराष्ट्रपतिका लागि चैत ३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ ।


    बुधवार, चैत्र १ २०७९०७:४४:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij