काठमाडौं । आज देशभर गरिएको परीक्षणमा १३ सय २५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो अवधिमा नौ हजार पाँच सय ८४ जनाको नमुना पिसिआर विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज थप भएको समेतगरी देशभर हालसम्म संक्रमित हुनेको संख्या ६४ हजार एक सय २२ पुगेको छ ।